Logo

स्थानीय  युवा जुटे खैलमैदान निर्माणमा



Spread the love
२१, पौष २०७४- सल्लेरी खबर समृद्ध दारिमज्युला हाम्रो पहिचान, खेलमैदान निर्माण हाम्रो अभियान भन्ने मुल नारा बोकेर सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ३ का युवाहरु यतिबेला खेलमैदान निर्माणमा जुटेका छन्।
कोर्बाङ्ग झिम्पेको दारिमज्युलामा खेलकुदका लागी उपयुक्त खेलमैदान नभएपछि स्थानीय युवाहरु खेलकुदबाट पछाडी परेको बताउछन्। स्थानिय युवाहरुको पहलमा डिजे स्पोट्र्स कल्वले अभियानको सुरुवात गरेको हो। साविकको झिम्पे र छत्रेश्वरी गाविसका धेरै वडाहरु रहेको छत्रेश्वरी गाउपालिकामा दारिमज्युला, मझाउज्युला, खारखोला, पेदिखोला र श्रीचौर लगाएतका ठाँऊहरुको उपत्यका नै रहेकाले यहाँ खेलमैदान बनाउन उपयुक्त भएको स्थानीय युवा निराजन बुढाथोकी बताउछन्।
साथै स्थानीय युवाहरुको यस अभियानमा कुनै पनि सरोेकार निकायका नेता तथा जनप्रतिनिधिहरुको साथ नरहेको युवाहरुले गुनासो पोख्दै आएका छन्। जिल्ला तथा क्षेत्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाई सकेकोे भएता पनि प्रयाप्त मात्रामा अभ्यासका लागी उपयुक्त खेलमैदानको अभाव भएकाले पनि उत्कृष्ट नतिजा ल्याउन नसकेको उनिहरुको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्