एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गरिरहेका छन्। टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाउदै मुम्बईलाई १११ रनको लक्ष्य प्रस्तुत गरेको छ।
दिल्लीको लागि कप्तान श्रेयस ऐयरले २५, रिशभ पन्तले २१, रभीचन्द्रन आश्विन र कागीसो रबाडाले समान १२, शिमरन हेटमायरले ११, पृथ्वी शले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिंगमा जस्प्रित बुम्राह ( ४-०-१७-३ ) र ट्रेन्ट बोल्टले ( ३-०-२१-३ ) समान ३ विकेट लिए। राहुल चाहर ( ३-०-१९-१ ) र नाथन कौल्टर नाइल ( २-०-१४-१ ) ले समान १ विकेट लिए।
मुम्बईले यस अघिनै प्ले-अफमा स्थान पक्का गरिसकेको छ ।
जवाफी ब्याटिङमा उत्रेको मुम्बई ४ ओभरको समाप्तीमा बिना विकेट २३ रन जोडेको छ।
प्रतिक्रिया दिनुहोस्