Logo

पन्जाब पराजित, राजस्थानको प्ले अफमा पुग्ने सम्भावना कायमै



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्ग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । शेख जायद क्रिकेट मैदानमा गएराति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ८५ रन बनाएको थियो । पन्जाबले दिएको १ सय ८६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेटायो ।

राजस्थानको जितमा बेन स्टोक्सले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै सन्जु सामसनले ४८ र रोबिन उथप्पाले ३० रन बनाए ।

पन्जाबका लागि क्रिस गेलले ९९ रनको योगदान दिए । यस्तै कप्तान केएल राहुलले ४६ रन जोड्दा निकोलस पुरनले २२ रन बनाए ।

राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने राजस्थानको प्ले अफमा पुग्ने सम्भावना कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्