Logo

कोलकातालाई लाग्यो चेन्नईको झड्का, मुम्बई प्लेअफमा



Spread the love

एजेन्सी । इन्डियन प्रिमियर लिग(आइपीएल) मा चेन्नई सुपरकिंग्सले कोलकता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ थालेको कोलकाताले चेन्नईसामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोलकाताका लागि नितिष रानाले सर्वाधिक ८७ रन जोडे । शुभमन गीलले २६ तथा दिनेश कार्तिकले २१ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रेको चेन्नईका लागि ओपनर रुतुराजले सर्वाधिक ७२ रनको योगदान दिए । त्यस्तै, अम्बती रायडुले ३८ रन बनाए ।

चेन्नईलाई १२ बलमा ३० रन आवश्यक थियो । रविन्द्र जडेजाले ११ बलमा नटआउट ३१ रन प्रहार गरेर खेल जिताए । साथै उनले अन्तिम २ बलमा २ छक्क प्रहार गरे ।

चेन्नईको यो सीजनमा ५ औँ जित हो । कोलकतालाई अब प्लेअफमा जान अन्य टीमको नतिजा र अर्को म्याचमा जित्नुपर्ने दावाव छ ।

साथै, मुम्बई इण्डियन्स भने क्वालिफाईमा छनौट भएको छ ।

प्रतिक्रिया दिनुहोस्