एजेन्सी। रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै इन्डियन प्रिमियर लिग(आइपीएल) मा मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ। गएराती भएको खेलमा बैंग्लोरमाथि ५ विकेटको जित निकाल्दै मुम्बई इन्डियन्स प्लेअफमा पुगेको हो।
बैंग्लोरले दिएको १६५ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गर्यो। मुम्बईका लागि सुर्यकुमार यादवले ४३ बलको सामाना गर्दै ७९ रनको पारी खेले। यस्तै इसान किसनले २५, क्वीन्टन डी ककले १८, हार्दिक पाण्ड्याले १७ रन योगदान दिए ।
त्यसअघि टस हारेर ब्याटिङ रोजेको बैङ्लोरले २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। देवदत्त पाडिक्कलले ४५ बलमा ७४ रन जाेड्दा जोस फिलिप्पेले ३३, एबी डिभिलियर्सले ३३ रन जोडे। विराट कोहली भने ९ रनमै पवेलियन फर्किए।
मुम्बईका जसप्रित बुम्राहले ४ ओभरमा १ ओभर मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए।
यो जितसँगै मुम्बईले प्लेअफमा लगभग स्थान सुनिश्चित गरेको छ। अब अन्य टोलीले केही चमत्कार गरेमात्रै उसलाई प्लेअफबाट रोक्न सक्छ।