एजेन्सी। फिलिपिन्सको उत्तरी समर प्रान्तमा भालेजुधाइ रोक्नका लागि छापा मार्न गएका एक प्रहरीलाई कुुखुरोले मारेको छ ।
भालेको खुट्टामा राखिने गाफ भनिने तीखो बिलेड लागेपछि लेफ्टिनेन्ट क्रिस्टिन बोलोकको मृत्यु भएको हो । बिलेडले उनको देब्रे तिघ्रा काटेको थियो र त्यसक्रममा फेमोरल आर्टरी पनि काटियो ।
उनलाई तत्कालै अस्पताल लगियो तर त्यहाँ पुग्नुअगावै उनको मृत्यु भयो ।
कोरोना महामारीका बेलामा भालेजुधाइमा प्रतिबन्ध लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्