
१२ कार्तिक, काठमाडौं। बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको मंगलबार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर गएका थिए ।
उनमा शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको थियो । प्रसाईको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्