रानीपोखरीमा पानी जम्मा गर्न निर्माण गरिएको पर्खाल मल्लकालीन भएको तथ्य फेला परेको छ ।
विज्ञ समूह गठन भएको ६ दिनपछि मंगलबारदेखि सो उत्खनन गर्ने क्रममा यस्तो तथ्य फेला परेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
उत्खननका क्रममा ९ किसिमका मल्लकालीन इँट फेला परेको रानीपोखरी पूननिर्माणसम्बन्धी विज्ञ समूहका संयोजक विष्णुराज कार्कीले बताए ।
यसलगत्तै पोखरीको चारै सीमाना, बालगोपालेश्वर मन्दिर, मन्दिरसम्म पुग्ने ब्रिजलगायत सम्पूर्ण क्षेत्रको उत्खखन गरिने कार्कीले बताए ।
विष्णुराज कार्की पुरातत्व विभागका पूर्वमहानिर्देशक समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्