राहदानी विभागले पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालेको छ ।
नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने गरिएको गुनासो आउने गरेकाले दूरुपयोगको आशंकामा इ–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालिएको हो ।
खासगरी नेपाल बाहिरबाट आउने आबेदनमा दुरुपयोग वा गलत भएको आशंका हुने गरेको छ ।
एमआरपीबाट मात्रै दूरुपयोग रोक्न सम्भव नभएको विभागले जनाएको छ । विभिन्न १० मुलुक र राहदानी विभागमा लाइभ इनरोलमेन्ट (आफैं उपस्थित भएर अनलाइनमा फर्म भर्ने) चलाएको भए पनि त्यो उत्साहजनक उपयोगमा नआएको विभागका अधिकारीले बताएको खबर आजको कान्तिपुरमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्