Logo

चाडपर्वमा घरलाई कसरी आकर्षक बनाउने ?



Spread the love

घर भनेको त्यस्तो कुरा हो, जहाँ मानिसले आफ्नो परिवारसँग हरेक दुःख-सुख बिताएको हुन्छ । त्यसैले सबैलाई आफ्नो घर प्यारो लाग्छ । दिनभरी मानिस जहाँ गएपनि राति हुना साथ ऊ आफ्नो घर आउन चाहन्छ ।

त्यसैले आफ्नो घरलाई हमेसा सुन्दर बनाइराख्नु हामी सबैको कर्तब्य हो । विशेष गरेर चार्डपर्बको बेला घर सुन्दर र आकर्षक बनाउने एउटा छुट्टै इच्छा जाग्नेगर्छ ।हामी घरको कुनै सर-सामान अथवा भित्ताका रंगहरु परिर्वतन गर्नुपर्नेछ भने दशैंलाई कुर्छौंं ।

घर सरसफाई गर्ने क्रममा घरबाट निस्किएका फोहोरहरुसँगै दियो, क्यान्डल, वालपेपर जस्ता घर सजावटका सामग्रीहरुलाई एक छेउ लगाएर राख्नुपर्छ । घर सरसफाईपछि आवश्यक अनुसार ती कुराहरुले पनि घर सजाउन सकिन्छ ।

पुराना सामान हटाएर घरलाई नयाँ अनि सफा लुक दिने

सकारात्मक वातावरणका लागि घरका सबै पुराना सामानहरु हटाएर घरलाई सफा ‘लुक’ दिनुपर्छ । फूलहरुको सजावटले घरको परिवेश अति नै सुन्दर र ताजगीपूर्ण हुन्छ ।

रंगीन कुराहरुले घर सजाउनुपर्छ

चार्डपर्वमा रंगीन बल्बहरु हेर्दा सुन्दर देखिन्छ, तर त्यसलाई सही तरिकाले कोठाहरुमा लगाउनु जरुरी छ । त्यसले तपाईको खुशीलाई पनि व्यक्त गर्दछ ।

खाली भित्ता सजाउनका लागि

खाली भित्ता सजाउनको लागि एउटा भित्तामा गाढा रंग त अर्को भित्तामा फिक्का रंग लगाउनुपर्छ । त्यस्तो भित्तामा वालपेपरले पनि राम्रो लुक दिन्छ ।

गलैँचाको प्रयोग

गलैँचाले कोठा सजाउनु पनि उपयुक्त उपाय हो । एउटा सुन्दर कार्पेटले कोठाको सुन्दरतालाई फर्निचरले झैं आकर्षक बनाउँछ ।

फूलहरुले घर सजाउनुपर्छ

तिहारमा अचेल घरको आँगन अथवा बरण्डामा रंगोली बनाउने चलन बढेको छ । रंगोलीको वरिपरी फूलले सजाउन सकिन्छ ।

यो बेला केही त्यस्ता सजावटका तरिकाहरु छन्, जसलाई तपाईंले घरमै घरलाई सुन्दर बनाउन सक्नुहुनेछ ।

-सानो-सानो प्लान्टका रंगी-बिरंगी पटहरु राखेर त्यसलाई झिलिमिली बत्तिले सजाउन सकिन्छ ।

-गोल्डेन कलरको डेकोरेटिभ पिस ल्याएर आकर्षक रुपले सजाउन सकिन्छ ।

-घरलाई सुगन्धित बनाउने स-साना इन्डोर प्लान्ट लगाउने ।

प्रतिक्रिया दिनुहोस्