Logo

प्रतापको ‘पावरवाला चस्मा’ सार्वजनिक(भिडियो)



Spread the love

काठमाडौं । युवा पुस्ताले निकै नै रुचाएका चर्चित गायक प्रताप दास र एन्जिला रेग्मीको स्वरमा रहेको नयाँ गीत ‘पावरवाला चस्मा’ बोलको गीत नेफोली क्रिएसन युट्युब च्यानबाट सार्वजनिक भएको छ ।

भिडियो सहिन प्रजापति, अनिता बस्नेत, कुशल विष्ट, आश्मा गिरीका साथै गायक प्रताप र एन्जिलाको पनि अभिनय रहेको छ ।

भीम बिसीको शब्द तथा सङ्गीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज गरेका छन् । नवराज उप्रेतीले छयांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने सियोन श्रेष्ठले कोरियोग्राफी गरेका छन्। उक्त भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नु होला

प्रतिक्रिया दिनुहोस्