एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले जित निकालेको छ । गएराति अबुधाबीमा कोलकाता नाइटराइडर्सलाई आठ विकेटले पराजित गर्दै बैंगलोर दोस्रो स्थानमा उक्लिएको हो ।
पहिले टस जितेर ब्याटिङ थालेको कोलकाताले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै मात्रै ८४ रन बनाएको थियो ।
८५ रनको सामान्य लक्ष्य बैंगलोरले १३.३ ओभरमा दुई विकेट गुमाएर सहज जित हासिल गर्यो । बैंगलोरका देवदत्त पडिक्कल र आरोन फिन्चले पहिलो विकेटका लागि ४६ रन साझेदारी गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताको प्रदर्शन खराब रह्यो । टम ब्यानटन १० र दिनेश कार्तिक ४ रनमा आउट हुँदा इयान मोर्गनले ३० रन जोडे ।
बैंगलोर १४ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोलकाता भने १० अंकसहित चौथो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्