एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) गएराती भएको खेलमा किङ्स इलाभेन पञ्जाबले रोमाञ्चक जीत हात पारेको छ । दुईपटकसम्म भएको सुपर ओभरमा पञ्जाबले मुम्बई इन्डियन्सलाई हराएको हो।
निर्धारित २० ओभरको खेलमा दुवै टोलीले १७६ रन बनाएपछि खेल बराबरीतर्फ धकेलिएको थियो । त्यसपछि भएको सुपर ओभरमा पञ्जाबले मुम्बईसामू ६ रनको लक्ष्य प्रस्तुत गर्यो । पुनः अर्को सुपर ओभरमा खेल धकेलियो ।
दोस्रोपटकको सुपर ओभरमा मुम्बईले ११ रन जोड्यो । १२ रनको लक्ष्य पछ्याएको पञ्जाबका मयंकले त्यसपछि लगातार २ चौका प्रहार गर्दै पञ्जाबलाई जीत दिलाए ।
यसअघि मुम्बईले दिएको १७७ रनको लक्ष्य पछ्याएको पञ्जाबले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।
त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्