एजेन्सी । केहि यस्ता रोचक कुरा जो हामी मध्य सायदैलाई थाहा छ। पृथ्वीको चन्द्रमामा एउटा सागर छ, जसको नाम वर्षाको सागर राखिएको छ । रोचक त के छ भने, उक्त सागरमा एक थोपा पनि पानी छैन ।
अमेरिकाको इतिहासमा सबैभन्दा बढी बालबच्चा हुने राष्ट्रपतिको रुपमा जोन टायलरको नाम अग्रपंक्तिमा आउँछ । अप्रिल ६, १८४१ देखि मार्च ३, १८४५ सम्म अमेरिकाको राष्ट्रपति पद सम्हालेका जोन टायलरका जम्मा १५ जना बालबच्चाहरु थिए ।
उल्लूको अर्थ बुद्धिमान पनि
सामान्यतय उल्लू राति शिकार गर्ने चरा हो । तर मुर्खको प्रतिकको रुपमा पनि यो शब्द प्रयोग हुने गर्छ १ कोही मानिसले मुर्खतापूर्ण काम गर्यो भने ‘कस्तो उल्लू रहेछ’ भन्ने गरिन्छ । त्यसैले उल्लूको अर्थ मूर्ख, बुद्धू नभएर बुद्धिमान पनि हुन्छ भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । तर प्राचीन ग्रीकमा उल्लूलाई बुद्धिको देवताको रुपमा लिने गरिन्थ्यो र ग्रीक भाषामा Owl को अर्थ बुद्धिमान भन्ने हुन्छ ।
यसरी बन्छ दूधबाट दही
दूधलाई निश्चित तापक्रममा लामो समयसम्म छाड्ने हो भने, त्यसमा मोइक्रोन्स नामक व्याक्टेरिया क्रियाशील हुन्छ । त्यस ब्याक्टेरियाले दूधलाई फटाइदिन्छ । उक्त व्याक्टेरियाले दूधमा पाइने ल्याक्टोजलाई पनि लेक्टिक एसिडमा परिवर्तन गरिदिन्छ । फलतः दहीको स्वाद अमिलो अमिलो बन्न जान्छ ।
छाताको कथा
हज्जारौं वर्ष पहिलेदेखि नै घाम तथा पानीबाट बच्न छाता ओढ्ने चलन रहेको पाइन्छ । प्राचीन कालमा कतिपय समाजमा त छाताको आकार र रंगले तिनीहरुको सामाजिक हैसियत समेत दर्शाउने गर्थ्यो । छाताको आविष्कार कहिले र कसले गर्यो भन्ने कुरा अहिलेसम्म किटानी भन्न सकिने स्थिति छैन । तर इतिहासकारहरुको मतमा छाताको आविष्कार चीनमा भएको हो ।
बालुवाको पहाड
अफ्रिकाको सहारा मरुभूमिमा बालुवाका अग्ला अग्ला पहाडहरु पाइन्छ । ती पहाडहरुमध्ये कुनै कुनैको उचाई त १४०० फूटसम्मका पनि हुन्छन् । पृथ्वीकै सबैभन्दा विशाल मरुभूमि मानिएको सहारा मरुभूमिको क्षेत्रफल ९० लाख वर्ग किमी मानिएको छ ।