एजेन्सी। इन्डियन प्रिमियर लिग(आइपीएल) मा दिल्ली क्यापिटल्सले जित निकालेको छ। दिल्लीले शनिबार भएको खेलमा चेन्नई सुपरकिंग्सलाई ५ विकेटले हराएको हो।
चेन्नईले दिएको १८० रनको लक्ष्य दिल्लीले १ बल खेल्न बाँकी छदा ५ विकेटको नोक्सानीमा पूरा गर्यो।
दिल्लीको जितमा ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक प्रहार गरे। धवनले नटआउट १०१ रन जोडे। उनले ५८ बलमा १४ चौका र १ छक्का हिर्काए।
बलिङमा चेन्नईका दीपक चाहरले २ विकेट लिए।
शारजाहमा टस जितेर पहिले ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन जोडेको थियो। चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको योगदान दिए। त्यस्तै, अम्बाती रायदु ४५ रनमा नटआउट रहे।
दिल्ली ९ खेलबाट १४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
प्रतिक्रिया दिनुहोस्