Logo

बाबुराम भट्टराईको ट्वीट, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउ’



Spread the love

२९ असोज, काठमाडाैँ । बूढीगण्डकी जलविद्युत आयोजनामा चरम भ्रष्टाचार भएको भन्ने आरोप लगाएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् ।

बुधबार नेकपाबाट जारी विज्ञप्तीप्रति उत्तर दिँदै उनले श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका हुन् । श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भट्टराईले लगाएको आरोपको प्रमाण नभए कारबाही गर्ने चेतावनि दिएका थिए ।

‘बुढीगण्डकी, एनसेल, वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु । जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउ’ भट्टराईले बुधवार साझ ट्वीट गर्दै भनेका छन् ।

भट्टराईले श्रेष्ठलाई जस्केलाबाट संसद छिरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्