
२७ असोज, काठमाडौं । देशभरका प्रयोगशालामा १५ हजार ५ सय ७७ नमुना परीक्षण गर्दा आइतबार थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या ४ हजार ९१ ले बढेको छ ।
२४ घण्टा याता ३ हजार ५ सय ५६ जना कोरोना संक्रमण देखिएका छ ।यससँगै कुल संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । उनीहरुमध्ये ६६३ जनाको मृत्यु भएको छ भने ७८ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्