Logo

गाईको बाच्छीको खुट्टा बाँधेर करणी गर्ने २६ वर्षीय युवक पक्राउ



Spread the love
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ « News24 : Premium  News Channel

२७ असोज कञ्चनपुर ।कञ्चनपुरमा गाईको बाच्छीको खुट्टा बाँधेर करणी गरेको अरोपमा एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ बडैपुरका २६ वर्षीय वीरेन्द्र सार्की छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बडैपुरका २६ वर्षीय सार्कीलाई पक्राउ गरी पशुमाथि करणी गरेको कसुरमा अनुसन्धान थालिएको बताए ।

आइतबार राती करिब ९ बजेतिर सार्कीले स्थानीय रमेश रोकायाको घर नजिक २ वर्षका बाच्छीको खुट्टा बाँधेर करणी गरिरहेको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई जानकारी गराएको थियो भने प्रहरी चौकी झोलुङ्गेबाट खटिएको टोलीले सार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय रमेश रोकायाको घर नजिक सार्कीले आइतबार राति करिब १ बजेतिर २ वर्षका बाच्छीको खुट्टा बाँधेर करणी गरिरहेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

पक्राउ परेका सार्कीविरुद्ध पशुमाथि करणी गरेको कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताएका छन् । पक्राउ परेका सार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्