
२७ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३५५३ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा २१२९ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा १७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर १५०३ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ७८७८० पुगेको मन्त्रालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्