Logo

सांसद यादवसहित ४२ जनामा कोरोना सङ्क्रमण



Spread the love

२७ असोज, सप्तरी – जनता समाजवादी पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेणुकुमारी यादवसहित सप्तरीमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले आज सार्वजनिक गरेको रिपोर्ट अनुसार ५८ वर्षीया सांसद यादवसहित सप्तरीमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सांसद यादवका छोरा प्रदेशसभा सदस्य अभिषेक यादवलाई हिजो कोरोना सङ्क्रमण पुष्टि भएपछि उनका परिवारका सदस्य र काम गर्ने कर्मचारी सवैको स्वाव परीक्षण गरिएको थियो । आज आएको रिपोर्टमा सांसद यादवसहित उनकी २६ वर्षीया छोरा बुहारी र २५ वर्षीय चालकमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु सवै जना होम आइसोलेसनमा बसेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार प्रतिनिधिसभा सदस्य यादवसहित आज सप्तरीमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका चार जना कर्मचारी छन् । थपिएका सङ्क्रमितमध्ये राजविराज नगरपालिका वडा नं ६ का १७, वडा नं. ७ का १० र वडा नं ९ का पाँच जना रहेका छन् ।

त्यस्तै खडक नगरपालिका –७ का दुई, बलान बिहुल गाउँपालिका–२ का तीन र सोही गाउँपालिका–३ का एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले जानकारी दिए । योसँगै सप्तरीमा एक हजार ४४३ सङक्रमित पुगेको छ । तीमध्ये एक हजार १२७ जना उपचारपछि निको भएर घर फर्किएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्