Logo

अत्यावश्यक नभए शल्यक्रिया नगर्नु – स्वास्थ्य मन्त्रालय



Spread the love

२६ असोज, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै अस्पतालहरूलाई आकस्मिक बाहेकका शल्यक्रिया नगर्न निर्देशन दिएको छ। लक्षण भएका कोरोना संक्रमितहरु बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो ।

उनले यसरी नियमित शल्यक्रिया हाललाई स्थगन गर्दा यसले संक्रमणका विरामीहरूलाई अस्पतालमा बेड तथा आएसियू र भेन्टिलेटर उपलब्धतामा सघाउ पुर्याउने बताए।

मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्