Logo

आज ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२६ असोज, काठमाडौं । देशभरका प्रयोगशालामा १४ हजार ५ सय ३० नमुना परीक्षण गर्दा आइतबार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या १ हजार ९ सय ७५ ले बढेको छ ।

२४ घण्टा याता ४ हजार ४७ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका १,८८८, ललितपुरका २७७ र भक्तपुरका ११८,मोरङका २२३ जना, सुनसरीका २४९, रुपन्देहीका १२५, सुर्खेतका १०१, काभ्रेका ९०, चितवनका ७७, कास्कीका ७६, मकवानपुरका ७५, झापाका ७१, नवलपुर र कैलाली ६५/६५ जना, बाँकेका ४५, तनहुँका ३७, प्युठान र बर्दिया २६/२६ जना, धनुषा र सिन्धुपाल्चोकका २५/२५ जना, नवलपरासीका २४, सप्तरी र लमजुङ २१/२१ जना, कञ्चनपुरका १८, पर्साका १७, रामेछाप र पाल्पाका १४/१४ जना, रौतहट, दाङ र दैलेख १३/१३ जना, धादिङ र बैतडीका १२/१२ जना तथा बारा, सिराहा, नुवाकोट र स्याङ्जाका ११/११, गुल्मीका १० जना, जुम्लाका ९, महोत्तरी, सर्लाही, बाग्लुङ, अर्घाखाँची र कपिलवस्तुका ८/८ जना, दोलखाका ७, रसुवा, डडेलधुरा र दार्चुलाका ६/६ जना, इलामका ५, हुम्ला र बझाङका ४/४ जना, गोरखा, सल्यान र अछामका ३/३ जना, उदयपुर, ओखलढुंगा, खोटाङ, पाँचथर, रोल्पा २/२ जना तथा तेह्रथुम, धनकुटा, भोजपुर, सिन्धुली, पर्वत, मुस्ताङ, म्याग्दी, डोटी र बाजुरामा १/१ जनामा संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्