Logo

कांग्रेस संसदीय टोलीको निष्कर्ष : चीनले हुम्लामा सीमा मिचेकै हो



Spread the love

काठमाडौं। हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीस्थित लाप्चा क्षेत्रमा चिनियाँ पक्षले भवन बनाएपछि दुई देशबीच सीमा विवाद देखिएको छ।

चिनियाँ दूतावास र केन्द्र सरकारले पनि उक्त भूमि चीनकै भएको बताउँदै आएको छ। गाउँपालिका अध्यक्ष र नेकपा सांसदको टोलीले पनि उक्त भूमि चीनकै भएको निष्कर्ष निकाल्दै परराष्ट्र मन्त्रीलाई ब्रिफिङ गरिसकेको छ।

त्यसैबीच, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय टोलीले हुम्लामा चीनले भूमि मिचेको निष्कर्ष निकालेको छ। कर्णाली प्रदेशका प्रतिपक्षी नेता जीवनबहादुर शाहीको नेतृत्वमा असोज १४ गते कांग्रेसका जनप्रतिनिधिको टोलीले गरेको १० दिनको स्थलगत अध्ययनमा चीनले भूमि मिचेको देखिएको बताए।

उनले जीपीएस प्रणाली नै परिवर्तन गरेर प्राविधिक रुपमा समेत जमिन हडप्न खोजिएको बताए। ‘हाम्रो निष्कर्ष सीमा मिचिएको छ। चीनसँग कुटनीतिक वार्ताको विकल्प छैन,’ उनले भने।

कांग्रेसकी प्रतिनिधिसभा सदस्य रंगमती शाहीले पनि आफूहरुको निष्कर्ष भूमि मिचिएकै भएको बताइन्।

त्यस्तै, टोलीमा रहेका नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले चिनियाँले भवन बनाएको भूमि नेपालमै पर्ने बताए।

प्रतिक्रिया दिनुहोस्