Logo

काठमाडौं उपत्यकाका थप १४१६ जनामा संक्रमण पुष्टि



Spread the love

२५ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २०७१ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा १४१६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ११४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर १५५२ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ७५८०४ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्