Logo

कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या यो हप्ताकै सबैभन्दा कम



Spread the love

२५ असोज, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले मेक्सिको पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत महिनासम्म सामान्य रहेको मेक्सिक अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

अहिले संसारमा तिब्र रुपमा फैलिदै गएको कोरोना भाइरस १ नम्बरमा अमेरिका, २ भारत, ३ ब्राजिल र पछि रसिया रहेको छ भने अहिले मेक्सिको विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको ९ ओँ स्थानमा पर्न जान्छ । उक्त देश दिनप्रति दिन कोरोनाबाट मर्नेको संख्या उच्च रहेको छ ।

मेक्सिकमा २४ घण्टा यता १ सय ३५ जनाको संक्रमणबाट ज्यान गएको छ भने ४ हजार भन्दा बढी नयाँ कोरोना संक्रमण भएको देखिएको छ । हिजो ४ सय ११ जनाको मुत्यु भएको थियो भने हिजोको तुलनामा मुत्यु हुनेको संख्या ३ गुणाले बढेको छ । मेक्सिकोमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च रहेको छ ।

मेक्सिकोमा कोरोनाबाट हालसम्म ८ लाख १४ हजार ३ सय २८ जना संक्रमित भएका छन् भने ८३ हजार ६ सय ४२ जनाको मृत्यु भएको छ । ५ लाख ९१ हजार १ सय ५० उपचारपछि निको भएका छन्  ।

प्रतिक्रिया दिनुहोस्