
२५ असोज, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।
अमेरिकामा २४ घण्टा यता ६ सय ७ जनाको मृत्यु भएको छ भने हिजो १० तारिखमा ८ सय ९९ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या घटेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । ४८ हजार नयाँ संक्रमित थपिएका छन् ।
२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र २ लाख १९ हजार २ सय ५४ जनाको मृत्यु भएको छ भने ७९ लाख ४३ हजार भन्दा बढी संक्रमित भएका छन् । ५० लाख ८५ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्