Logo

ढुङ्गा प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या



Spread the love

२४ असोज खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरीलाई आफ्नै श्रीमानले मसला पिस्ने लोहोरो ढुंगा प्रहारवाट मृत्यू भएको छ ।

घरायसी विवादका क्रममा श्रीमान ४२ वर्षिय डम्बरबहादुर गिरीले प्रहार गरेको मसला पिस्ने लोहोरो ढुङ्गावाट गम्भीर वनेकी ज्ञानकुमारीको मृत्यू भएको हो ।

घाईंतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लाने क्रममा असोज २३ गते दिउसो बाटैमा मृत्यु भएको हो ।

घटना भएकै बिहान करीब पाँच बजेको समयमा विवाद हुँदा श्रीमान डम्बरबहादुरले कुटपिट गर्नुका साथै लोहोरो ढुंगा प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।

घटनास्थल नजिकै प्रहरी चौकी समेत रहेको छ । घरायसी झगडामा आमाको मृत्यु हुनुका साथै बुबा फरार भएपछि गिरी दम्पतीको पाँच छोराछोरीको बिचल्ली भएको छ । उनीहरुको तीन छोरी र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्