Logo

विदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिइने



Spread the love

२४ असोज, काठमाडाैँ । अक्टोबर १७ देखि विदेशी पर्यटक नेपाल प्रवेश गर्न पाउने भएका छन् । सरकारले अक्टोबर १७ अर्थात् अबको एक सातादेखि विदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिने भएको हो ।

कोभिड १९ संक्रमणको नेगेभिट रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवेश गर्न दिने भएको हो ।

नेपाल भ्रमण गर्न चाहने पर्यटकहरूले पछिल्लो ७२ घण्टामा गरिएको परीक्षणमा नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने बताइएको छ ।

पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पनि भिसा दिइने बताइएको छ । त्यस्तै कोरोना संक्रमणका कारण पर्यटक बिरामी भएको खण्डमा पर्यटक स्वयंले उपचार खर्च व्यहोर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्