Logo

दिल्लीलाई शिर्षस्थानमा उक्लिने अवसर, आज प्लेइङ ११ मा पर्ने सम्भावना कति छ सन्दिपको ?



Spread the love

एजेन्सी। इन्डियन प्रीमियर लिग (आइपीएल)मा आज सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटलले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । शारजाहमा खेल नेपाली समयअनुसार ७:४५ बाट सुरु हुनेछ।

लगातार ३ खेल गुमाएको राजस्थान रोयल्सलाई आजको खेल जित्नैपर्ने दवाब छ । चार खेल जितेको दिल्लीलाई शिर्षस्थानमा उक्लिने मौका रहनेछ ।

सन्दिपको प्लेइङ ११ मा सम्भावना कति?
लगातार पाँचौ खेलमा बेन्चमा रहेका स्पिनर सन्दीप लामिछाने भने राजस्थानविरुद्धको खेलमा पनि प्लेइङ सेटमा नपर्ने सम्भावना बढी छ। अमित मिश्रा आइपिएलबाट चोट बोक्दै बाहिरिएपछि सन्दीपले खेल्ने मौका त बढेको छ तर उच्च लयमा रहेका खेलाडीलाई बेन्चमा राख्दै सन्दीपलाई अहिले नै खेलाइनेछ भन्न सकिने अवस्था भने छैन।

प्रतिक्रिया दिनुहोस्