Logo

पञ्जाबलाई हराउँदै तेस्रो स्थानमा उक्लियो हैदराबाद



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग (आइपिएल) मा हैदराबादले तेस्रो जित निकालेको छ। सनराइजर्स हैदराबादले किंग्स इलेवन पञ्जाबलाई ६९ रनले पराजित गरेको हो ।

दुबईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको हैदराबादले २ सय २ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा पञ्जाबले १६.५ ओभरमा मात्र १३२ रन बनाएर अलआउट हुनपुग्यो ।

पञ्जाबका लागि निकोलास पुरनले ३७ बलमा ७७ रनको विष्फोटक पारी खेले पनि उनलाई साथ दिने अन्य ब्याट्सम्यान भएनन् ।

यसअघि, जोनी बेयरस्टोको ९७ रनको मद्दतले हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । बेयरस्टोले कप्तान डेविड वार्नरसँग पहिलो विकेटका लागि १ सय ६० रनको साझेदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्