एजेन्सी। इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले जित निकालेको छ । गएराती यूएईमा भएको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नइ सुपर किङ्सलाई १० रनले पराजित गरेको हो ।
उक्त खेलमा कोलकाताले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्नइले २० ओभर ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो । खेलमा चेन्नइका लागि शेन वाट्सनले ५० रनको अर्धशतकीय पारी खेले भने अम्बाती रायुडुले ३० र रविन्द्र जडेजाले २१ रन बनाए ।
यसअघि पहिले ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा सबै विकेटको नोक्सानीमा १६७ रन जोडेको थियो ।
प्रतिक्रिया दिनुहोस्