२२ असोज,एजेन्सी । अष्ट्रेलियाले संघीय बजेटमार्फत पार्टनर भिसामा अष्ट्रेलिया आउन या पार्टनरका रुपमा स्थायी बसोबास अनुमति पीआर प्राप्त गर्नका लागि अंग्रेजी अनिवार्य जान्नैपर्ने प्रावधान ल्याएको छ ।

यस्तो प्रावधानले उनीहरुलाई अष्ट्रेलियाको बृहत्तर समूदायसंग घुलमिल हुन सहयोग पुग्ने सरकारको अपेक्षा रहेको छ । अध्यागमन मन्त्री एलन टजले एक वक्तव्यमा आगामी वर्षको अन्त्यदेखि लागू हुने नयाँ प्रावधानमा पार्टनरका रुपमा स्थायी अनुमति प्राप्त गर्नका लागि कामचलाउ अंग्रेजी जान्नैपर्ने, यसका लागि पीटीईमा ३२ ओभरअल अंक हुनुपर्ने वा ५ सय घण्टा अंग्रेजी भाषा कक्षा पढेको हुनुपर्ने प्रावधान ल्याइने जनाएका छन् ।
यस्तो प्रावधानले जोखिममा रहेका पार्टनरहरुलाई सुरक्षा दिन मद्दत पुग्ने अपेक्षा छ । यसअघि सरकारले एडल्ट मार्यग्रेसन ईंगलिस प्रोग्राम घोषणा गरेको थियो । अष्ट्रेलियामा सामान्य अंग्रेजी समेत नजान्ने व्यक्तिले पूर्णरुपमा सामाजिक अन्तर्घुलन र लोकतन्त्रमा सहभागिता सुनिश्चित गर्न सक्दैनन् भन्ने हाम्रो मान्यता छ ।”