Logo

राजस्थानलाई हराउँदै मुम्बई इण्डियन्स उक्लियो शिर्षस्थानमा



Spread the love

एजेन्सी। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराती भएको खेलमा मुम्बई इण्डियन्सले जित निकालेको छ । मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको हो ।

मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थानले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रन मात्र बनाउन सक्यो । राजस्थानका जोस बट्लरले ४४ बलमा ७० रन बनाए। तर उनलाई राजस्थानका अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन जोडेको थियो ।

खेलमा मुम्बईको लागि सूर्यकुमार यादवले अविजित रहँदै ७९ रन, रोहित शर्माले ३५ र क्विन्टन डी ककले २३ रन बनाए ।जितसँगै ६ खेलबाट आठ अंक जोडेको मुम्बई शीर्ष स्थानमा उक्लियो। पाँच खेलबाट समान आठ अंक जोडेको दिल्ली क्यापिटल्स रन रेटका आधरमा दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्