एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराती भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५९ रनले हराउँदै शिर्षस्थानमा उक्लिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको गुमाएर १९६ रन जोड्यो। स्टोइनिसले २६ बलमा नटआउट रहँदै ५३ रन बनाए । पृथ्वी शले ४२ तथा ऋषभ पन्तले ३७ रनको योगदान दिए ।
जवाफमा बैंग्लोरले ९ विकेटको क्षतिमा १ स्य ३७ रन मात्र बनाउन सक्यो । बैंग्लोरका लागि कप्तान कोहलीले सर्वाधिक ४३ रन बनाए । उनी सबै टी–२० खेलहरुमा ९ हजार रन पुरा गर्ने पहिलो भारतीय बने ।
दिल्लीका लागि कागिसो रबाडाले ४ विकेट लिए भने एनरिच नोर्तजेले २ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्