गोरखाको फिलिमबाट विरामी लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एयरको नाइन एन ए के ए कल साइनको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको छ।
पाईलट रञ्जन लिम्बुले चलाएको हेलिकोप्टरमा चालक सहित ७ जना रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पुष्टि गरे ।
सो हेलिकप्टरमा जिल्लाको सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उहाँकी ५६ वर्षीया श्रीमति अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उहाँको पाँच दिनको नवजात शिशु रहेका थिए । नवजात शिशुको उपचारको लागि हेलिकप्टर काठमाडौँका लागि उडेको थियो।
तेसै गरी सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी निशा तामाङ थिए ।
दिउँसो करिव १ बजे स्थानीयले जंगलमा आगलागी भएको सूचना दिएपछि घटनाबारे आफूले जानकारी पाएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । त्यसलगत्तै नुवाकोट सदरमुकाम विदुरबाट प्रमुख जिल्ला अधिकारी पोख्रेलसहित नेपाली सेना र प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो ।