एजेन्सी। चेन्नई सुपर किङ्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) दोस्रो जित निकालेको छ । दुबईमा आइतबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।
पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।
चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे । पहिलो विकेटका लागि प्लेसिस र वाट्सनले अविजित रहँदै १८१ रनको साझेदारी गरे । प्लेसिस ५३ बलमा ८७ रनमा अविजित रहे । वाट्सनले ५३ बलमा अविजित ८३ रन जोडे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो ।
जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्