Logo

कोलकत्तालाई हराउँदै सन्दीप सम्मिलित दिल्ली उक्लियो शीर्षस्थानमा



Spread the love

एजेन्सी । नेपाली राष्ट्रिय टोलिका स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा तेस्रो जित निकालेको छ ।

सारजाहमा शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले हराउँदै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले दिएको २ सय २९ रनको विजयी लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १० रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रनको विशाल योगफल बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अयर र पृथ्वीले अर्धशतकीय पारी खेले ।

श्रेयसले ३८ बलमा अविजित रहदै ८८ रन बनाए । पृथ्वी ४१ बलमा ६६ रन बनाए भने ऋषब पन्तले ३८ रन जोड्दा शिखर धवनले २६ रनको योगदान दिए ।

तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार चौंथो खेलमा पनि दिल्लीको टिममा नपरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्