एजेन्सी। नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका धेरै कलाकार ड्रग्सको मामिलामा मुछिएका छन् । पछिल्लो समय अभिनेत्रीतय दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग गिरोहसँग नरहेको खुलासा भएको छ ।
नारकोटिक्स कन्ट्रोल ब्यूरोले मोबाइल फोनको जाँचका क्रममा तीन नायिका र अवैध रुपमा ड्रग्सको धन्दा गर्ने गिरोहसँग कुनै पनि कनेक्शन नरहेको उल्लेख गरेको हो।
एनसीबीसँगको बयानका क्रममा तीनै जना नायिकाले आफूहरुले ड्रग्सको सेवन नगरेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्