Logo

सावधान ! मोबाइलको अत्याधिक प्रयोगले तपाईलाई चाडै बनाउँछ बुढ्यौली



Spread the love

एजेन्सी । बच्चा होस् या ठुला ब्यक्ति, हरेकलाई मोबाइल र कम्प्युटर आदत बनिसक्यो। लाग्छ मोबाइल बिना हाम्रो दिनको सुरुवात नै हुँदैन । यहि बानीले हाम्रो आफ्नो स्वास्थ्यमा दिनहुँ नकारात्मक असर गरिराखेको हुन्छ तर, हामि अन्जान छौँ। कम्प्युटर वा फोनको स्क्रीनबाट आउने नीलो प्रकाशले हाम्रो शरीरको घडीलाई प्रभाव पार्ने कुरो वैज्ञानिकहरुले समेत पत्ता लगाइसकेका छन् । तर नयाँ अध्ययनले यसले बुढ्यौली लाग्ने प्रक्रियालाई पनि प्रभाव पार्ने देखाएको छ ।

मानिसहरु लामो समय बाँच्ने भएकोले वैज्ञानिकहरुले यो अध्ययन फलफूलमा लाग्ने भुसुनामाथि गरेका हुन् ।

स्क्रीनबाट निस्कने जस्तै नीलो प्रकाशसँग साक्षात्कार गरेका भुसुनाको आयु अरु भुसुनाको भन्दा उल्लेख्य रुपमा घटेको पाइयो।

प्रतिक्रिया दिनुहोस्