Logo

अनौठो ठाँउ, जहाँ युवतीसँग नाता गाँस्न चाहने पुरुषले अनिवार्य घरज्वाइँ बस्नैपर्ने !



Spread the love

एजेन्सी । भारतको उत्तरप्रदेशस्थित कौशाम्बी जिल्लामा रहेको हिंगुलपुर गाउँ नै घरज्वाइँहरुले भरिएको छ । उक्त गाउँको प्रचलन अनुसार त्यहाँका चेलीहरु बिहेपछि पतिको घर जाँदैनन्, उल्टै उनीहरुका पति ससुराली आएर बस्दछन् ।

कुनै समय दाइजोका कारणले हुने गरेका दर्दनाक महिला हत्याका घटनाका कारण कुख्यात रहेको सो गाउँले आफ्ना छोरीहरुलाई पुरुषझैँ बलियो बनाउनका लागि बिहेपछि पतिको घर नगई माइतीमै बस्ने फैसला गरेका थिए।

सो गाउँका युवतीहरुसँग नाता गाँस्न चाहने पुरुषहरुका लागि घरज्वाइँ बस्न सहमत हुनु सबैभन्दा महत्वपूर्ण शर्तको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्