धनुषाधाम स्थित जनता माविका विद्यार्थीहरुले पठन पाठनको माग गर्दै बिधालयमा तालाबन्दि गरेका छन् ।
बिधालयमा नियमित रूपमा पठनपाठन नहुदा विद्यार्थीहरू मर्कामा परेको र नियमित रूपमा पढाइ सुचारु गराउन पटक पटक बिधालय प्रशासनसंग माग गर्दा कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले तालाबन्दी गरेको खबर सल्लेरी खबरका धनुषा संवाददाताले जानकारी दिएका छन् ।
आफुहरुको माग पूरा नभए कार्यक्रम जारी रहने उनीहरूले बताएका छन् । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पनि यसरी तालाबन्दी भैरहदा त्यहाँका जनप्रतिनधिहरुले के गरिरहेका छन् ?
बलेश्वर मण्डल धनुषाधामका मेयर हुन । यो समाचार तयार पार्दा सम्म उनीबाट केही पहल नभएको पाइएको छ । चुनाव अघि चर्को आश्वासन दिने नेताहरू अहिले भने शिक्षा जस्तो आधारभूत अधिकार नपाएर आन्दोलन गरिरहेका विद्यार्थीहरूको आवश्यकता बुझ्न सकिरहेका छैनन् । धनुषाधामका अभिभावकहरुले यहीँ देख्न जनप्रतिनिधिहरुलाई चुनावमा भोट दिएर जिताएका हुन त ? पक्कै पनि होइन ।
यो त धनुषाधामको एउटा उदाहरण मात्र हो।देशमा कयौँ यस्ता घटनाहरू घटिरहेका छन् तर सरोकारवालहरुको ध्यान पुग्न सकिरहेको छैन । आखिर कैले सम्म ?