Logo

छोरी नभएका बुवाभन्दा छोरी भएका बुवा बढी बाँच्छन्- अध्ययन



Spread the love

एजेन्सी। छोरी नभएका बुवाभन्दा छोरी भएका बुवा बढी बाँच्ने एक अनुसन्धानले जनाएको छ। ज्यागेलोनियन विश्वविद्यालयका अनुसन्धाताले दाबी गरिए अनुसार छोरीहरु भएका बुवा धेरै वर्षसम्म बाँच्छन् । एउटी छोरीले पिताको कूल आयुमा ७४ हप्ता आयु थपिदिने गर्छिन् ।

अमेरिकन जर्नल अफ ह्यूमन बायोलोजीमा प्रकाशित एक अनुसन्धानका अनुसार दुबै छोरा र छोरीले आमाको स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछन् जसका कारण उनीहरुको आयु घट्ने गर्छ ।

यस्तै अमेरिकन साइकोलोजिकल असोसिएशन जर्नल बिहेवियरल न्यूरो साइन्समा प्रकाशित अनुसन्धानका अनुसार जब छोरी आफ्ना पितासँग हुन्छिन् तब पिताको ब्रेन सिग्नल छोरासँग हुँदाभन्दा निकै भिन्न हुन्छ । छोरीको स–साना कुराले उनीहरुलाई खुसी दिन्छ र उनीहरुले आफूलाई छोरीप्रति बढि जिम्मेवार पाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्