एजेन्सी। अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बाहिरिएको बलिउड ड्रग्स काण्डले नयाँ मोड लिदै गैइरहेको छ। ड्रग्स मामिलामा एकपछि अर्का बलिउड सेलिब्रिटी मुछिदै गएका छन् ।
ड्रग्स कनेक्सनको अनुसन्धान गरिरहेको नरकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले दीपिका पादुकोणसँग पाँच घण्टा, श्रद्धा कपुरसँग ६ घण्टा र सारा अली खानसँग पाँच घण्टा सोधपुछ गर्यो । सारा र श्रद्धाले ड्रग्स सेवनको कुरा अस्विकार गरे भने दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशले सन् २०१७ मा अक्टोबरमा ठ्रग्स च्याटको कुरा स्विकार गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
सुशान्त सिंह राजपूतको मृत्युपछि लगातार विवादमा घेरिएका करन जोहरले राहत पाएका छन् । गत वर्ष उनको घरमा गरिएको पार्टीमा विकी कौशल, दीपिका पादुकोण आदि कलाकारमाथि ड्रग्स लिएको आरोप लागेको थियो । शनिबार बेलुका एनसीबीका अधिकारीले त्यो भिडियोलाई क्लिन चिट दिएको हो।