नेपाल राष्ट्र बैंकले सिक्का छाप्न पाँच विदेशी कम्पनीलाई छानेको छ ।
राष्ट्र बैंकले एक र दुई रुपैयाँ दरका सिक्का छाप्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट पाँचवटा कम्पनीलाई छनौट गरेको हो ।
अब ती कम्पनीले मात्र सिक्का छाप्ने बोलपत्रमा भाग लिन पाउने छन् ।
पुर्व योग्यतामा छानिएका कम्पनीमा पोल्यान्डको मेनिका पोलस्का एसए, चीनको चाईना बैंक नोट प्रिटिन्ङ एन्ड मिन्टिङ कर्पोरेसन, बेलायतका दी रोयल मिन्ट लिमिटेड, ईन्डोनेसियाको दी ईन्डोनेसियन गभन्र्मेन्ट सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन र फिनल्यान्डको मिन्ट अफ फिनल्यान्ड लिमिटेड छन् भन्ने खबर आजको नागरिकमा छापिएको छ।
प्रतिक्रिया दिनुहोस्