कोरोना भाइरसबाट स्वस्थ भई घर फर्केका बिरामीहरूले अब मलाई केही पनि हुँदैन भन्ने सोच राखेका कारण पनि धेरै समस्याहरूको सामना गर्नुपर्ने हुनसक्छ ।
सरकारले १४ दिनपछि परीक्षण नगरी घर पठाउने हुँदा धेरै संक्रमित डिस्चार्ज हुने गरेका छन् ।कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज गरिनुको मतलब उनीहरूमा संक्रमणको जोखिम छैन भन्नू गलत हो। संक्रमितहरूले अस्पतालबाट डिस्चार्ज भए पछि वा घरमै आइसोलेसनमा बसे पनि कम्तीमा १० दिनसम्म यी कुराहरुमा ध्यान पुर्याउनु पर्छ ।
अस्पतालबाट डिस्चार्ज भएपछि पनि कम्तीमा १० दिन डाक्टर वा अस्पतालको नियमित सम्पर्कमा रहनुहोस् ।
आफ्नो साथमा अक्सिमिटर राख्नुहोस् र दैनिक २–३ पटक अक्सिजनको मात्रा परीक्षण गर्नुहोस् ।
थर्मोमिटर आफ्नो नजिक राख्नुहोस् र आफ्नो शरीरको तापक्रम दिनमा कम्तीमा एक पटक जाँच गर्नुहोस् ।
तपाईंको शरीरमा देखिएको लक्षणबारे ध्यान दिनुपर्छ ।
रोग प्रतिरोध क्षमता बढाउने खानेकुरा खान र तपाईंको शरीरमा ऊर्जा भर्ने खाले खाने कुरा खाने गर्नुपर्छ ।
अस्पतालबाट डिस्चार्ज भएपछि आफ्नो रगतको परीक्षण गर्नुहोस् । अस्पतालबाट डिस्चार्ज भएपछि तपाईंको छातीको सिटी स्क्यान गर्नु राम्रो हुन्छ । ताकि फोक्सोमा हुने क्षति पत्ता लगाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्