प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारमा जनसेनाका पूर्व कमाण्डरहरुलाई प्राथमिकता दिँदै आएका छन्।
अहिले माओवादीको तर्फ बाट भएका ३ मन्त्रीमा कृष्ण बहादुर महरा बाहेक २ जना जनसेनाका पूर्व कमाण्डरहरु हुन्।
युवा तथा खेलकुद मन्त्री भएका दलजित श्रिपाइली( बि.क) जनमुक्ती सेनाका पूर्व डिभिजन सहायक कमाण्डर हुन् भने कृषि मन्त्री बनेका गौरी शङ्कर थारु पूर्व ब्रिगेड कमाण्डर हुन्। अब मन्त्री बनाईने सुचीमा रहेका टेक बहादुर बस्नेत पनि जनमुक्ती सेनाका पूर्व डिभिजन कमिसार हुन्।
तेसै गरी प्रचण्डको प्रमुख राजनीतिक सल्लाहाकारमा नियुक्त हुन लागेका चक्रपाणी खनाल ‘बलदेव’ पनि पूर्व जनमूक्ति सेनाका डेपुटी कमाण्डर हुन्।
प्रचण्डको सचिवालयमा अरू पनि पूर्व जनमुक्ती सेनाबाट रहनेछन्।
ईमान्दार र अवसर नपाएकाहरुलाई प्राथमिकतामा
पहिला पहिला केही सीमित नेताको दबाब थेग्न नसकेर ईमान्दार र अवसर नपाएकाहरुलाई बनाउनु भन्दा केही व्यक्तिहरूलाई नै पटक पटक मन्त्री बनाएको , एउटै परिवारमा लोग्नेले छोड्दा स्वास्निलाई , स्वास्नीले छोड्दा लोग्नेलाई मन्त्री बनाएको प्रचण्ड माथि आरोप लाग्ने गरेको थियो। तर,अहिले भने ईमान्दार र अवसर नपाएकाहरुलाई नै प्रचण्डले प्राथमिकतामा राखिराखेका छन्।
अहिले मन्त्री हुन लागेका हितराज पाण्डे र टेक बहादुर बस्नेत स्वच्छ छविका तथा निष्ठाबान नेतामा पर्छन। तेसै गरी अहिले मन्त्री भएका दलजित श्रिपाइली( बि.क) र गौरी शङ्कर थारु पनि पार्टी भित्र ईमान्दार नेतामा पर्छन। यी कुनै पनि नेता पहिला मन्त्री भएका थिएनन्।