Logo

नेपाल टेलिकमले ल्यायो आकर्षक अफरहरू



Spread the love

१ असोज, काठमाडाैँ – नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफरहरू ल्याएको छ । संविधान दिवस २०७७ का अवसरमा टेलिकमले विभिन्न प्याकेज अफरहरु ल्याएको हो ।

यस्ता अफरहरूमा अनलिमिटेड फेसबुक एड–अन प्याक तथा अनलिमिटेड युट्युब रहेका छन् ।

५५ रूपैँयामा खरिद् गर्न सकिने यी अफरहरू असोज २, ३ र ४ गते खरिद् गर्न सकिनेछ । खरिद् गरेको ३ दिनसम्म यी अफरहरू मान्य हुनेछन् ।

अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डेटा प्याक खर्नसक्ने छन् जुन खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

अहिले रहेको समर अफर अन्तर्गत २८ दिनको प्याक खरिद् गर्दा ग्राहकले ३४.७ प्रतिशत रकम छुट पाउनेछन् । असोज २, ३ र ४ गते ५५५ रुपैयाँमा यो प्याक खरिद गर्न सकिने छ।

यी अफरहरु प्राप्त गर्न 141511# डायल गरी दिइएको निर्देशन पालना गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्