Logo

बसन्तीलाई सम्झिदै रुदै अविशेक (भिडियोमा)



Spread the love

काठमाडौं । शक्ति चन्दले आजसम्म दर्जनौ गीत गाइसकेका छन् । उनले मायापिरतीका धेरै गीत गाएका छन् भने उनले सन्देशमूलक गीत पनि गाएका छन् । लोकभाकामा गाइएका ती सबै गीतहरु लोकप्रिय पनि छन् ।

उनको नयाँ गीत ‘फुल्दै फुल्दै जाउ’बोलको म्युजिक भिडियो शक्ति चन्दले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

भिडियोमा अविशेक श्रेष्ठ र बसन्ती ओलीले अभिनय गरेका छन् । गीतमा शब्द, संगीत गायक चन्दले स्वयं दिएका छन् भने गीतमा गीता थापा मगरसँगै गायक शक्ति चन्दले स्वयं स्वर दिएका छन् ।

कृष्ण बिकले एरेन्ज गरेको भिडियोलाई कारण चैसिरले कोरियोग्राफर गरेका छन् । प्रेम खड्का र सरोज खड्काले छायांकन गरेको भिडियोलाई राजकुमार मगरले नै सम्पादन र निर्देशन गरेका हुन्।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=OHaVyaX9tG4

प्रतिक्रिया दिनुहोस्