Logo

सारा बलिउड फसे रियाको ड्रग्स फन्दामा – रियाले खुलासा गरिन् साराअली खान र रकुल प्रितको नाम



Spread the love

एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरोले सुशान्त प्रकरणमा लागूपदार्थको अनुसन्धान गरिरहेको छ। सुशांत आत्महत्या प्रकरणमा पक्राउ परेकी रिया चक्रवर्तीले केहि नयाँ खुलासा गरेकी छन्। उनले एनसीबीसँगको बयानमा २५ जना बलिउडकर्मीले ड्रग्स लिने गरेको खुलाएकी हुन्।

रियाले खुलासा गरेका नाममा साराअली खान, रकुल प्रित सिंह, फेसन डिजाइनर सिमोन खम्बाटा, रोहिणी, कास्टिङ डिरेक्टर मुकेश छबडा लगायत रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

जानकारीका अनुसार शनिबार पक्राउ परेका करमजीतले सुशांत सिंहलाई दिपेश सावंत र शमूएल मिरन्दा मार्फत १० पटकसम्म ड्रग्स आपूर्ति गरेका थिए।

एनसीबीका अनुसार रिया र सारा एउटै व्यक्तिबाट लागूपदार्थ किन्दथे। धेरै चोटि साराले रियालाई ड्रग्सको बारेमा जानकारी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्