Logo

गण्डकी प्रदेशमा थपिए ३१ जना कोरोना संक्रमित



Spread the love

२६ भदौ, काठमाडौं। गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या २ हजार ७ सय ९५ पुगेको छ ।

पोखरामा गरिएको परीक्षणमा नवलपरासीका २१ र तनहुँका १० जनामा संक्रमण पाइएको हो ।

यसअघि आज विहान कास्कीका २, तनहुँका १, स्याङजाका २ र नवलपरासी १२ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्